केन्द्रीय संस्करण

कोरोना भाइरसले ओलम्पिक खेल स्थगित

person explore access_timeचैत ११, २०७६ chat_bubble_outline0

यसै वर्ष जुलाईमा सुरु हुने टोकियो ओलम्पिक कोरोना भाइरसका कारण स्थगित हुने भएको छ । ओलम्पिक स्थगित भएर अर्को वर्षमात्रै आयोजना हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य डिक पाउन्डले बताएका छन् । 
यसअघि अस्ट्रेलिया र क्यानेडाले ओलम्पिकमा प्रतिस्पर्धा नगर्ने जानकारी गराएका थिए । त्यस्तै, ब्रिटिस ओलम्पिक एशोसियसनका अध्यक्ष सर हग रोबर्टसनले पनि आफ्नो देशलाई टोली पठाउने सम्भावना निकै कम रहेको बताएका थिए । ‘ आईओसीसँग भएको सुचनाका आधारमा भन्नुपर्दा  ओलम्पिक खेल स्थगित गर्ने निर्णय भइसकेको छ,’ पाउन्डले अमेरिकी सञ्चारमाध्यम युएसए टुडेसँग भनेका छन्, ‘अगाडि के हुन्छ भन्ने विषयमा केही निक्र्यौल भएको छैन । तर जुलाई २४ मा ओलम्पिक सुरु हुनेछैन, मैले जानेको यति हो,’ उनले भने । 

यसअघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले चार साताभित्र ओलम्पिक खेलको भविष्यबारे निर्णय लिने जनाएको थियो । तर पाउन्डले यस विषयमा निर्णय भइसकेकाले चाडै आधिकारीक घोषणा आउने बताएका छन् ।   

क्यानेडा र अस्टे«लियाकै बाटोमा बेलायत 
यसअघि नै क्यानेडा र अस्ट्रेलियाले ओलम्पिकमा सहभागी नहुने घोषणा गरिसकेका छन् । यसअघि सोमबार बब्रटिस ओलम्पिक एशोसियनका अध्यक्ष हग रोबर्टसनले बेलायतले पनि छिट्टै ओलम्पिक नखेल्ने घोषणा गर्ने बताएका थिए । ‘मलाई लाग्दैन कि यस्तो अवस्थामा हामी ओलम्पिक खेल्न जान सक्छौ । चाडै हामी अस्टे«लिाय र क्यानेडाको बाटो हुनेछौ, ’ उनले भनेका थिए । 


बेलायतमा आइतबारसम्म ५ हजार ६ सय ८३ जनामा सक्रमण देखिएको थियो र २ सय ८१ जनाको मृत्यु भएको थियो । पछिल्ला आँकडाअनुसार विश्वभर ३ लाख ८७ हजार ७ सय ४२ जनामा सक्रमण देखिएको छ भने १६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । सोमबार जापानका प्रधानमन्त्री सिन्जो अवेले देशको ससदमा सम्बोधन गर्दै सबै देशले सहभागीता जनाउनसक्ने अवस्था नरहे खेल स्थगित गर्नुको विकल्प नरहेने बताएका थिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.