शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनिश्चितकालका लागि बन्द हुँदै अन्नपूर्ण बेसक्याम्पका होटल

मङ्गलबार, ११ चैत २०७६, १९ : १९
मङ्गलबार, ११ चैत २०७६

पोखरा । अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा पर्ने होटल तथा खाजाघरहरु अनिश्चितकालका लागि बन्द हुने भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई समेत बेसक्याम्प प्रवेशमा पनि अर्को सूचना प्रकाशित नभएसम्मको लागि बन्द रोक लगाइएको छ । 

विश्वभर महामारीको रुपमा फैलिईरहेको नोवेल कोरोना भाइरस (कोभिड—१९)को संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले एक सातासम्म देशव्यापी लक डाउनको घोषणाअनुसार बेसक्याम्प क्षेत्रमा पनि कोरोना भाइरसको संक्रमण हुन सक्ने सम्भावना बढेकाले होटल, रेष्टुरेन्ट बन्द गरेर बाह्य तथा आन्तरिक पर्यटकलाई प्रवेशमा रोक लगाइएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलिप गुरुङले जानकारी दिए ।

‘कोरोना भाइरसको संक्रमण नहोस् भनेर होटल व्यवसाय बन्द गर्ने निर्णय गरेका हौं,’ उनले भने, ‘स्थानीय होटलदेखि खाजाघर सबै बन्द हुने छन् । स्वदेशी, विदेशी दुवै खालका पर्यटकको प्रवेशमा पनि अर्को सूचना प्रकाशित नभएसम्मको लागि रोक लगाइएको छ ।’

अन्नपूर्ण बेसक्याम्प क्षेत्रका झिनु, घुर्जुङ, किम्रोङ खोला र छोम्रोङदेखि अन्नपूर्ण बेसक्याम्पसम्मका सबै होटल, चिया खाजा घर बन्द हुने उनले जानकारी दिए । मालसामान ढुवानी लागि प्रयोग गरिदै आएको घोडा, खच्चड पनि यो अवधिमा चल्ने छैनन् । 

बाहिरबाट नयाँ मान्छे अथवा गाउँ फर्किनेहरु कोही आईहाले मेडिकल चेकजाँच पछि १४ दिन क्वारेन्टाइनमा राखिने उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप