भ्वाइस कल र डाटाको शुल्क आधा सस्तो
मङ्गलबार, ११ चैत २०७६, १९ : ०७
काठमाडौं । मोबाइलबाट कल गर्दा र डाटा चलाउँदा लाग्ने शुल्क अब आधा सस्तो पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिको बैठकले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज गरेको बराबर नै रकम बोनस दिनुपर्ने व्यवस्था गरेसँगै मोबाइलबाट प्राप्त हुने जुनसुकै सेवा आधा सस्तो पर्ने भएको हो ।
त्यस्तै, मोबाइलमा रिचार्ज सकिए २०० रुपैंयाँसम्म क्रेडिट सेवा उपलब्ध गराउनुपर्ने निर्णय पनि आजको बैठकले गरेको छ । साथै सो क्रेडिट सेवाबापत कुनै पनि शुल्क लिन पाइने छैन । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले सञ्चालक समितिको निर्णयअनुसार सबै टेलिकम कम्पनीलाई बोनस दिन र क्रेडिट सेवा उपलब्ध गराउन निर्देशन दिइसकेको भन्दै टेलिकम कम्पनीहरुले भोलिदेखि नै उक्त निर्देशन लागू गर्नुपर्ने बताए । यो निर्णय एक महिनाका लागि लागू हुने समेत प्रवक्ता अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि