महावीर पुनलाई सहयोग गर्दैै थ्रेड ग्रार्मेन्टः कोरोना बिरामी जाँच्दा लगाउने पोसाक निःशुल्क सिलाइदिने
काठमाडौं । यूवा उद्यमी कृष्णराज तिमिल्सनाले कोरोना संक्रमितको उपचारका लागि डाक्टरले लगाउने व्यक्तिगत सुरक्षा कबच निःशूल्क सिलाईदिने घोषणा गरेका छन् । थ्रेड ग्रार्मेन्टका प्रवन्ध निर्देशक समेत रहेका तिमिल्सिनाले बनाउने सामग्री र त्यसको डिजाइन उपलब्ध गराएमा २ दिनमा दक्ष कालिगढबाट सिलाई सकेर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कोरोना भाइरस संक्रमितको उपचारका लागि डाक्टर तथा नर्सले अनिवार्य लगाउनुपर्ने उक्त सुरक्षा कवचको अभाव भएको खबर पाएपछि आफूले सो निर्णय गरेको उनले बताए । कच्चा सामग्री र डिजाइन दिएमा त्यसका लागि चाहिने दक्ष जनशक्ति र टेपिङ्ग मेसिन आफूसँग रहेको उनको भनाई छ ।
देश अप्ठेरोमा परेका बेला आफूले सकेको सहयोग गर्ने बताउँदै तिमिल्सिनाले त्रि.वि. शिक्षण अस्पताल काठमाडौँ र बि.पी.अस्पताल धरानबाट त्यस्तो ड्रेस बनाउने अनुरोध राष्ट्रिय आविष्कार केन्द्रलाई आएको थाहा पाएपछि सहयोग गर्न चाहेको उल्लेख गरेका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले फेसबुकमार्फत ड्रेसको डिजाईन, कच्चा सामग्री रहेको र सिलाउने टेलर चाहिएको भन्दै अनुरोध गरेका थिए । पुनले ४ सय थान सो ड्रेस सिलाएवापतको रकम पनि उपलब्ध गराउने बताएपनि तिमिल्सिनाले निःशूल्क सहयोग गर्ने घोषणा गरेका हुन् ।
तिमिल्सिनाले भनेका छन्, ‘यदि हामीले बनाउने सामग्री र डिजाइन पाएमा काम गर्ने कालीगढको उचित सुरक्षा ब्यवस्था गरि २ दिन मा ४०० पिस निःशूल्क बनाइदिने घोषणा हाम्रो थ्रेड गार्मेट टिम गर्दछ । हामी सङ्ग सो ड्रेस बनाउँदा चाहिने टेपिङ्ग मेसिन पनि उपलब्ध छ ।’ उनले महावीर पुनलाई डिजाइन उपलब्ध गराइदिन पनि आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ