मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘हामी सुपर हिरो हैन, क्रान्तिकारी डाक्टर हौं’

कोरोनाभाइरसले आक्रान्त इटालीलाई सघाउन क्युबाले स्वास्थ्यकर्मीहरुको विशेष टोली पठायो
मङ्गलबार, ११ चैत २०७६, १७ : ५७
मङ्गलबार, ११ चैत २०७६

‘आफूलाई डर लाग्दैन भन्ने मानिस सुपर हिरो हो, हामी सुपर हिरोहरु होइनौं, हामी क्रान्तिकारी डाक्टरहरु हौं ।’

यो गर्जन हो, क्युबाका क्रान्तिकारी डाक्टरहरुको, जो कोरोनाभाइरसको महाव्याधिले सबैभन्दा आक्रान्त तुल्याएको इटालीलाई सघाउनको लागि जाँदै थिए, र उनीहरुलाई गत शनिवार इटाली प्रस्थान गर्नुअघि हवानाको जोसे मार्टी एयरपोर्टमा पत्रकारले प्रश्न सोधेका थिए, ‘के तपाईंहरुलाई डर लाग्दैन ।’

हो, कोरोनाभाइरसको महाव्याधिले यतिखेर संसारभरि सबैभन्दा बेसी कसैलाई आक्रान्त तुल्याएको छ भने त्यो इटाली नै हो । कतिसम्म भने, कोभिड– १९ नाम दिइएको यो महाव्याधिको चपेटामा परेर मृत्यु हुनेहरुको संख्यामा इटालीले चीनलाई पनि उछिने सकेको छ । सन् २०१९ को डिसेम्बर महिनाको अन्तिमतिर सबैभन्दा पहिले यो भाइरसको संक्रमण चीनको हुवेई प्रान्तको राजधानी ऊहानमा देखापरेको थियो ।

अति उच्च दक्षता भएका तालिम प्राप्त ५२ जना डाक्टर तथा नर्सहरुको यो टीमले कोभिड–१९ विरुद्ध इटालीको लडाइमा चीनका निजामती डाक्टरहरु र रुसका सैनिक डाक्टरहरुसँग मिलेर काम गर्नेछन् । उनीहरुको कार्यक्षेत्र कोरोनाले सबैभन्दा बढी प्रभावित इटालीको बरगाम्बो क्षेत्रमा हुनेछ । यतिखेर इटालीका अस्पतालहरुमा स्वास्थ्यकर्मीरुको व्यापक अभाव छ र समग्र क्षेत्रकै स्वास्थ्य प्रणाली डामाडोल बन्दै गइरहेको छ ।

स्मरण रहोस्, अमेरिकाको कठोर नाकाबन्दीका बीच पनि विकसित क्युबाको स्वास्थ्य प्रणाली विश्वस्तरको मानिन्छ र त्यो ल्याटिन अमेरिकाभरिमै सबैभन्दा व्यवसायिक र दक्ष मानिन्छ । अहिले पनि स्वास्थ्यको क्षेत्रमा मानवीय सहयोग प्रदान गर्नमा क्युबा अग्रणी रुपमा आउने गर्छ ।

स्रोतः साउथफ्रन्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप