शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनामुक्त भए आर्सनलका प्रशिक्षक अर्टेटा

मङ्गलबार, ११ चैत २०७६, १७ : ५३
मङ्गलबार, ११ चैत २०७६

कोरोना भाईरसको संक्रमण भएका इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटा कोरोनाबाट मुक्त भएका छन् । दुई साताअघि कोरोनाको संक्रमण देखिएका अर्टेटा स्वयंले आफु कोरोनाबाट मुक्त भएको बताएका हुन् ।

अर्टेटालाई मार्च १२ तारिख कोरोना भएको पुष्टि भएको थियो । संक्रमणपछि अर्टेटा अस्पताल भर्ना भएका थिए । उनलाई कोरोनाको लक्षण देखिएपछि आर्सनल र ब्राईटनबीचको खेल समेत स्थगित गरिएको थियो । आर्सनलले आफ्नो प्रशिक्षण क्याम्प तत्कालै बन्द गरेको थियो । आर्सनलले प्रशिक्षकसँग सम्पर्कमा भएका ब्यक्ति र खेलाडीलाई समेत तत्काल स्वास्थ्य परिक्षण सहित आइसोलेसनमा राखेको थियो ।

त्यस लगत्यै प्रिमियर लिग क्लबहरुको आकस्मिक बैठक बसी लिग फुटबल स्थगित गरिएको थियो । कोरोनाको संक्रमण हुँदा निराश बनेका अर्टेटाले कोरोना भाईरसले छाड्दै गर्दा आफुलाई राहत महसुस भएको बताएका छन् । ‘कोरोनाले छोड्दा मलाई राम्रो महसुस भएको छ । अब मलाई निको भयो जस्तो लाग्छ । विस्तारै फुटबलमा आउने प्रयासमा छु,’ ३८ बर्षीय अर्टेटाले स्पेनिस टेलिभिजनसँगको कुराकानीमा भनेका छन् ।

कोरोना भाइरसका कारण इङ्ल्यान्डमा प्रिमियर लिग लगायत फुटबलका सबै गतिविधि ठप्प भएको छ । प्रिमियर लिग २९औं चरणको खेल चल्दै गर्दा स्थगित भएको थियो । लिगका २८ खेल सकेको आर्सनल अहिले ४० अंक सहित तालिकाको नवौं स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको २९ खेलबाट ८२ अंक छ । दोस्रो स्थानमा रहेको २८ खेलबाट ५७ र तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ५३ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप