केन्द्रीय संस्करण

अलपत्र यात्रुका लागि कर्णाली प्रदेशमा हटलाईन सेवा शुरु

person explore access_timeचैत ११, २०७६ chat_bubble_outline0
file photo

सुर्खेत । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन शुरु भएसँगै बीच बाटोमा अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारले निशुल्क हटलाईन सेवा शुरु गरेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा मंगलवार बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिले यस्तो निर्णय गरेको हो ।

कार्यकारी समितिका संयोजक तथा सामाजिक विकास मन्त्री दल रावलको अध्यक्षतामा सम्पन्न वैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हटलाईन कक्ष रहने गरि १११० नम्बर हटलाईन सेवा शुरु गर्ने निर्णय गरेको छ ।

घर फर्कने उद्धेश्यले यात्रा सुरु गरि लकडाउनका कारण बमटोमा अलपत्र रहेका कर्णाली प्रदेश भित्रका नागरिकहरुले यो सेवाको उपयोग गरि सरकारलाई आफनो अवस्थाको बारेमा जानकारी दिन सक्ने सामाजिक विकास मन्त्री रावलले जानकारी दिए । 

मन्त्री रावलका अनुसार हटलाईनमा प्राप्त सूचनाका आधारमा सरकारले यातायातको प्रबन्ध गरि अलपत्र यात्रुको उद्धार गर्ने, उनीहरुको प्रारम्भिक स्वास्थ्य परिक्षण गर्ने तथा स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाईनमा राख्नु पर्नेलाई क्वारेन्टाईनमा राख्ने र बाँकीलाई गन्तव्यसम्म पुराउने व्यवस्था गर्नेछ ।

रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकाँश नागरिक फर्कने क्रममा बीच बाटोमा अलपत्र परेको गुणासो प्राप्त भएपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको बताइएको छ ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...