बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रणका लागि १० करोडको कोष स्थापना

मङ्गलबार, ११ चैत २०७६, १६ : २३
मङ्गलबार, ११ चैत २०७६

विराटनगर । प्रदेश नं १ सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ ।

 आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको छ । 

उक्त कोषमा मुख्यमन्त्री शेरधन राईसहित अन्य मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ । 

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय पनि गरेको छ ।

 साथै सबै मन्त्रालयहरुमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा तोकी प्रत्येक दिन इन्फरमेशन डेक्समा कोरोना सम्बन्धी सूचनाहरु उपलब्ध गराइने भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप