शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कारागार पुग्यो रेडक्रस, कोरोनाभाइरसको संक्रमण भएमा छुट्टै बस्न टेन्ट जडान

मङ्गलबार, ११ चैत २०७६, १६ : ०५
मङ्गलबार, ११ चैत २०७६

काठमाडौं– बन्दी र कारागार कर्मचारीमा कोरोनाबाट हुने जोखिममा नेपाल रेडक्रस र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले चासो दिएको छ । रेडक्रसले हिजो सोमबार केन्द्रीय कारागार र नख्खु कारागारको भ्रमण गरी सामग्रीहरु सहयोग गरेको जनाएको छ ।

कारागार व्वस्थापनको अनुरोधमा नेपाल रेडक्रसबाट केन्द्रीय कारागारमा १० थान टेन्ट उपलव्ध गराई जडान गरिएको छ । केन्द्रीय कारागारमा विरामीहरु भएमा छुट्टै राख्नका लागि बेडहरुको व्यवस्था नभएकोले सो सहयोग गरिएको नेपाल रेडक्रसका अधिकृत शालिग्राम तिवारीले बताए ।  साथै, फ्लेक्स सूचना बोर्ड र कोरोनाबारे जानकारी पत्रहरु बन्दी तथा कर्मचारीहरुलाई  हिजै वितरण गरिएको छ ।

ती दुई कारागारमा व्यवस्थापनले बन्दी र कर्मचारीहरुलाई मास्क लगाउने, नियमित  ज्वरो नाप्ने र हात धुनका लागि सावुन तथा पानीको व्यवस्था जस्ता बन्दोवस्ती गरेको छ ।
 
त्यसैगरी, कैलाली जिल्ला शाखाले पनि जिल्ला कारागर कैलालीको हातामा २ वटा त्रिपाल सेल्टर निर्माणमा सहयोग गरेको छ ।  

पर्सा, कास्की, बाँके र दोलखा शाखाका रेडक्रस प्रतिनिधिले पनि सम्बन्धित जिल्लाका कारागार भ्रमण पछि बन्दीहरुलाई लक्षित गरी प्रचारप्रसारका सामग्री वितरण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप