कोरोना परीक्षण गर्न ४ वटा ल्याब थपियो, दैनिक ९०० नमुना परीक्षण गर्न सकिने
मङ्गलबार, ११ चैत २०७६, १५ : ५६
काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामी बढ्न थालेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक ९ सय नमुना परीक्षण गर्न सक्ने गरी क्षमता विस्तार गरेको छ ।
प्रयोगशालाले ४ वटा ल्याब थप गरेको जनाएको छ । यसअघि प्रयोगशालामा एउटा ल्याबबाट मात्रै नमुना परीक्षण हुने गरेको थियो । काठमाडौंस्थित प्रयोगशालामा अब ५ वटा ल्याब भएसँगै कार्यसम्पादन गर्न सहज हुने जनाइएको छ ।
यसैबीच सोमबार संकलन भएका ५० नमुनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६० वटा नमुनाको परीक्षण भइरहेको छ ।
कोरोनाभाइरस कोभिड (१९)को आंशकामा हालसम्म ६ सय ६० वटा नमुना परीक्षण गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा