शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नाकामा सयौं नेपाली अलपत्र : गृहको आदेश पर्खदै प्रशासन

मङ्गलबार, ११ चैत २०७६, १३ : ५५
मङ्गलबार, ११ चैत २०७६

कैलाली । कैलालीको अत्तरियाका भक्तराज भट्ट पाँच दिन लगाएर बैंगलोरबाट धनगढी त्रिनगर नाका पुगे । उनी अहिले नाकामै अलपत्र अवस्थामा बसिरहेका छन् । 

बैंगलोरस्थित होटलमा काम गर्दै आएका उनी होटल बन्द भएपछि घरमा आएका हुन् । कोरोना भाईरस (कोभिड–१९)को जोखिम बढेसंगै भारतका होटल, विद्यालय, संघ÷संस्था बन्द छन् ।

त्यस्तै बझाङका कलक महता पनि बैगलोरबाट घरका हिँडेका थिए । उनीपनि अहिले सोही नाकाम अल्पत्र छन् । उनले भने, ‘कोरोना भाइरसले होटल बन्द भएपछि घर फर्किएँ तर, यहीँ (धनगढीस्थित त्रिनगर) नाकामा दुःख पाइरहेको छु ।’

बैंगलोरबाट फर्किएका केशव शर्माले भने ,हामी आफैले अस्पताल चेकजाँच गराउँछु भन्दा पनि जान दिइरहेका छैनन्।’ उनले नाकामा न स्वास्थ्य परीक्षण गरिएको न आएका नेपालीहरुलाई सीमाबाट जान दिइएको भन्दै गुनासो गरे । 

भारतले आफनो क्षेत्रमा कडाइ गरिरहेको समयमा पनि भारतको पलियाबाट ३५ किलोमिटर पैदल यात्रा गरेर सीमा पुगेका उनीहरु अहिले झन दुःख पाइरहेका छन् । भक्तराजले भने ‘हामी क्वारेन्टाइनमा पनि बस्न तयार छौं ।’ उनले भारतबाट नेपाल आउँदा महँगो शुल्क तिरेर खानेपानी, चाउचाउ लगायत खरिद गर्नुपरेको बताए । उनले भने–‘दुई दिन भयो राम्रोसंग खाना पनि पाएको छैन । झन यही नाकामा रोकेर समस्या भइरहेको छ ।’

भारतको मुम्बई, बैंगलोर, दिल्ली लगायतका स्थानमा काम गरिरहेका सयौं नेपाली अहिले त्रिनगर नाकामा रोकिएका छन् । नाकामा शसस्त्र र नेपाल प्रहरीले उनीहरुलाई कैलालीको धनगढी र कञ्चनपुरको पुनर्वास क्षेत्रमा प्रवेश गर्न दिएको छैन । 

एक सुरक्षाकर्मीका अनुसार सोमबार राति उनीहरुलाई प्रहरीले नै चाउचाउ र खानेपानीको व्यवस्था गरेको थियो  । उनले भने –‘यही नाकामा रोकेर यो समस्याको समाधान हुँदैन् । यिनिहरुलाई आइसोलेसनमा राखि चेकजाँच गरी पठाइनुपर्छ ।’

रातभर सीमामा रोकिएका उनीहरुले मंगलबार बिहानैदेखि घर जान पाउनुपर्ने माग गर्दै आन्दोलन गर्न थालेका छन् । 

सीमामा अहिले पनि भारतको विभिन्न स्थानबाट आउने क्रम जारी रहेको जनाइएको छ ।

कैलाली सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अहिले गृह मन्त्रालयको आदेश पर्खिरहेको बताए ।

 उनले भने–‘पहिला सीमामा भएका नेपालीहरुलाई यहाँ ल्याउन गृहको आदेश पर्खिरहेका छौं । गृहको आदेशपछि के गर्ने भन्नेबारे बैठक बसिरहेका छ ।’

 उनले गृहको आदेशपछि धनगढीमै चेकजाँच गर्ने वा सम्बन्धित जिल्लामा पठाउने बैठकपछि टुङ्गो लाग्ने बताए ।

‘उहाँहरुले नेपाल फर्किन पाउनुप¥यो भन्नुभएको छ, सरकारको निर्णय हामी सबैलाई थाहै छ,’ उनको भनाइछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप