शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

मङ्गलबार, ११ चैत २०७६, १२ : १३
मङ्गलबार, ११ चैत २०७६

चितवन । जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने  एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ् रहेका छन् । 

प्रहरीका अनुसार चौबिसकोठीबाट गीतानगरतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०३००३ प १६३४ नम्बरको मोटरसाइकलले सोमबार राति भरतपुर महानगरपालिका–७ विकास चोकमा स्थानीयवासी ४२ वर्षीय सापकोटालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४ निवासी २१ वर्षीय सविन आचार्य घाइते हुनुभएको छ । घाइते आचार्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै स्कर्पियोले सोमबार राति भरतपुर महानगरपालिका–१० त्रिचोकमा धादिङ् घर भई भरतपुर महानगरपालिका–१० बस्ने ४० वर्षीय साजन तामाङलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते तामाङ्को उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । तामाङ्लाई ठक्कर दिने स्कर्पियोको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप