शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका लक्षण थप्न चिकित्सकको माग, यो लक्षण पनि शंकास्पद

मङ्गलबार, ११ चैत २०७६, ११ : ५९
मङ्गलबार, ११ चैत २०७६

अमेरिकी डाक्टरहरुले सुँघ्ने क्षमता र स्वाद लिने क्षमतामा कमी आउनुलाई पनि कोरोना भाइरस (कोभिड–१९) को लक्षण मान्नुपर्ने बताएका छन् । उनीहरुले कोभिड १९ को लक्षणमा यसलाई समावेश गर्न माग गरेका हुन् । 
अमेरिकी एकेडेमी अफ ओटोलेयरेन्गोलोजी– हेड एन्ड नेक सर्जरीका अनुसार एनोस्मियाका लक्षण अर्थात् सुँघ्ने क्षमतामा कमी र स्वाद लिने क्षमतामा कमीलाई पनि कोरोनाको लक्षणका रुपमा लिनुपर्छ । 

‘अन्य लक्षण नदेखिएका तर एनोस्मियाका लक्षण मात्रै देखिएका बिरामीमा पनि अन्ततः कोरोनाको संक्रमण भेटिएको छ,’ एकेडेमीले वेवसाइटमार्फत जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यी लक्षण देखिएकाले सेल्फ–आइसोलेशनमा बस्नुपर्छ र उनीहरुको परीक्षण पनि हुनुपर्छ ।’

यसअघि नाक, कान, घाँटीका चिकित्सकहरुको बेलायतस्थित व्यवसायिक संस्था इएनटी युकेले पनि एमोस्मियालाई नोबेले कोरोना भाइरसको लक्षण मान्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो । सुघ्ने क्षमतामा कमी वा एनोस्मिया स्वासप्रश्वासको समस्यासँग जोडिएको चिकित्सकहरुले लामो समयदेखि बताउँदै आएका छन् । 

‘दक्षिण कोरिया, चीन र इटलीमा कोभीड–१९ पुष्टि भएका ठूलो संख्याका बिरामीहरुमा एनोस्मिया पनि विकास भएको छ,’इएनटी युकेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘ जर्मनीमा संक्रमित ३ मध्ये २ जनामा एमोस्मिया देखिएको खबर आइरहेको छ ।’ 

सुँघ्ने र स्वाद लिने समस्याको उपचार प्राय ओटोलेयरेन्गोलोजिस्टले गर्छन् । सुँघ्ने समस्याको उपचारका लागि कान, नाक र घाँटीको परीक्षणसँगै मानिसको स्वास्थ्य इतिहास, सुँघ्ने क्षमता परीक्षण लगायत धेरै काम गरिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप