शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कृत्रिम अभाव : समस्या उपभोक्ता र बिक्रेता दुवैमा

मङ्गलबार, ११ चैत २०७६, ११ : २६
मङ्गलबार, ११ चैत २०७६

कास्की । कोरोना भाइरसको चपेटामा विश्व मुलुक छटपटाई रहेका बेला दैनिक उपभोग्य वस्तुमा कालोबजारी मौलाएको गुनासो सुनिएको छ । पछिल्लो समय कास्कीमा खाना पकाउने ग्यास बजारमा भेटिन छोडेको छ । तर सरोकारवाला निकायले बजारमा पर्याप्त ग्यास सप्लाई भईरहेको दावी गरिहेका छन् । 

उपभोक्ता अधिकार मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला कास्कीकोपोखरामा सालाखाला खपत हुने ग्यास खपत ४ हजारदेखि ४२ सय हुने बतउछन् । उनले केही दिनअघि मात्रै ५ हजार सिलिण्डर ग्यास बाडेपनि नपाएको गुनासो गर्ने उपभोक्ताले धेरै रहेको बताए । 

‘तर, कुन ठाउँमा भन्ने छैन । यो पनि समस्याको रुपमा रहेको छ । उद्योगबाट उत्पादन पनि निरन्तर छ । वितरण पनि निरन्तर छ । मलाई लाग्छ, समस्या खुद्रा विक्रेतामा पनि छ र उपभोक्तामा पनि छ । किन भने एकजनाले ८÷१० वटा सिलिण्डर होल्डिङ गरेर राखेका छन् भन्ने सुनिन्छ यो उपभोक्ताको दोष हो’, उले रातोपाटीसँग भने । उनले यसरी अनावाश्यक भण्डारण गर्दा दुर्घटना निम्त्याउन भन्दै जथाभावी भण्डारण गर्ने बानी हटाउन सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप