लकडाउनपछि काठमाडौंको दृश्य जे देखियो
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ ।
सरकारले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गर्ने घोषणा गरेको छ ।
सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो ।
‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ ।
लकडाउन गरेसँगै अत्यावश्यक र पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधन चलेका भने सडकमा अत्यावश्यक कामका बाहेक मानिसहरु देखिएका छैनन् ।
लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र रु ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !
-
१३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस
-
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो