शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्यास आपूर्ति सहज

मङ्गलबार, ११ चैत २०७६, ०६ : ३२
मङ्गलबार, ११ चैत २०७६

कोरोना त्रासले खल्बलियो एल.पी. ग्यास वितरण प्रणाली सहज हुन थालेको छ । बजारमा ग्यास अभाव हुन सक्ने भन्दै उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात राख्न थालेपछि दुई हप्तादेखि बजारमा ग्यास सहज थिएन । 

मागभन्दा बढी आपूर्ति हुँदा पनि बजारमा अभाव देखिएको थियो तर नेपाल ग्यास उद्योग सङ्घ र नेपाल आयल निगमले उपत्यकाका विभिन्न स्थानमा रिटेल आउटलेट अर्थात् रिटेल काउन्टर सञ्चालन गरेपछि सहज बन्दै गएको हो ।

आइतबारदेखि रिटेल आउटलेटबाट ग्यास वितरण गरेपछि उपभोक्ताले सहज ग्यास पाएका हुन् । सोमबार अनामनगरमा वितरण गरिएको नेपाल ग्यास सहज वितरण भएको छ । नेपाल ग्यासको सिलिन्डर लिएर आउने सबैले ग्यास पाएका छन् । करिब दुई घण्टा मात्रै लाइन बस्नु परेको लाइनमा सहभागी वसन्ता कार्कीले बताए । 

उपत्यकामा २२ स्थानबाट विभिन्न ग्यास वितरण भएको छ । रिटेल आउटलेटबाट करिब ३५० सिलिन्डर दैनिक वितरण गरिएको छ । व्यवस्थित लाइन र ग्यास लिने उपभोक्ताको परिचय खुल्ने विवरण राखिएको छ । वितरणका बेला सबै उपभोक्तासँग परिचय खुल्ने कागजात मागिएको थियो । परिचयपत्रबिना ग्यास वितरण गरिएको छैन । कसले ग्यास लग्यो, कति लग्यो र कति बिक्री भयो भन्ने तथ्याङ्कका लागि मात्र नभई समानुपातिक वितरणका लागि तथ्याङ्क राखिएको, नेपाल ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप