शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा कोइराला नियुक्त

सोमबार, १० चैत २०७६, २२ : ३६
सोमबार, १० चैत २०७६

माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा सन्तोष कोइराला नियुक्त भएका छन् । 

बैंकको सोमबार बसेको संचालक समितिको ४१७ औं वैठकले आगामी बैशाख १ गतेदेखि लागू हुने गरी आगामी ४ (चार) वर्षको लागि कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हो । 

 नयाँ नियुक्तिअघि उनी सो बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । 

कोइराला माछापुच्छ्रे बैंकमा विगत ७ वर्ष देखि कार्यरत छन् भने उनीसँग समग्र बैकिङ्ग क्षेत्रको २१ वर्षको अनुभव रहेको छ । 

उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने नेदरल्याण्डको इरासमस यूनिभर्सिटीबाट “एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम”मा डिप्लोमा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप