बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली सरकारद्वारा कोरोना रोकथामका लागि ५० करोडको विपत व्यवस्थापन कोष स्थापना

सोमबार, १० चैत २०७६, २१ : ३३
सोमबार, १० चैत २०७६

कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद वैठकले  कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा प्रतिकार्य योजनाको लागि ५० करोडको विपत व्यवस्थापन कोष स्थापना गर्ने गर्ने निर्णय गरेको छ ।

यस्तै कर्णाली प्रदेश सरकार जिल्ला विपद व्यवस्थापन कोषको लागि कर्णाली प्रदेशका सवै जिल्लालाई  ५० लाख उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकार प्रवक्ता   विमला केसीका अनुसार  कोभिड १९ को सम्भावित संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण कार्यमा खटिने कर्णाली प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई संघीय सरकारले तोकेको मापदण्ड अनुरुपको सेवा सुविधामा दोहोरो नपर्ने गरि कर्णाली प्रदेश सरकारले सो मापदण्ड अनुसार सेवा सुविधा उपलब्ध गराउने भएको छ ।

प्रवक्ता केसीले कोभिड÷१९ को रोकथाम तथा प्रतिकार्य योजनाको लागि आवश्यक पर्ने आर्थिक तथा भौतिक कार्यलाई व्यवस्थित र प्रभावकारी गराउन प्रमुख सचिवको नेतृत्वमा ९ सदस्यीय कार्यकारी समिति गठन गरेका जानकारी दिए ।

कर्णाली प्रदेश भित्र कार्यरत सम्पूर्ण विशेषज्ञ, छात्रवृत्ति र करार सेवामा कार्यरत चिकित्सकहरुलाई कर्णाली प्रोत्साहन भत्ता उपलब्ध गराउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप