शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीमा आज रातिदेखि सवारीसाधन आवत-जावतमा रोक

सोमबार, १० चैत २०७६, १९ : ३८
सोमबार, १० चैत २०७६

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले कोरोना भाइरसको सक्रमणबाट बच्न  जिल्लाभर  ठूला र साना सवारीसाधनलाई आवत-जावतमा रोक लगाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माद्धारा जारी विज्ञप्तिमा चैत्र १० गते राति १२ देखि अर्को सुचना जारी नभए सम्म अनिश्चितकालका लागि सवारीसाधन आवत-जावतमा रोक लगाइएको उल्लेख छ । तर अत्यावश्यक उपभोग्य बस्तु बोक्ने मालबाहक सवारीसाधन र एम्बुलेन्सलाई  भने रोक लगाइएको छैन् । 

मालबाहक सवारीसाधानमा चालक र एक जना सहयोगीसम्म बस्न पाउने निर्णय गरिएको छ । त्यस्ता सवारी साधनका चालक सहचालकलाई हेल्थ डेक्समा अनिवार्य चेक जाँच गराई अवश्यक परे क्वारेन्टाइनमा राख्ने समेत बताइको छ । 

साथै आज राति १२ बजेदेखि इन्धन, चामल, नुन,  तेल, तरकारी फलफुल लगायतका अत्यावश्यक वस्तु बाहेकका अन्य ब्यापार ब्यवसायका लागि पनि अर्को सुचना जारी नभएसम्म अनिश्चित कालका लागि बन्द गरिएको छ ।

अति जरुरी काम बाहेक घरबाट बाहिर ननिस्कन समेत नागरिकहरुलाई अनुरोध गरिएको छ । स्वास्थ्य संस्था , औषधी पसल र पेट्रोल पम्प चौबिसै घण्टा खुल्ला राख्ने निर्णय गरिएको छ । माथी उल्लेखित निर्णयहरुको पालना नगरे कारवाही गर्ने चेतावानी समेत दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप