आज रातिदेखि काभ्रेका तीन स्थानीय तहमा लकडाउन
कोरोना भाइसरको संक्रमणलाई रोक्न काभ्रेका तीन स्थानमा लकडाउन हुने भएको छ ।
बनेपा, धुलिखेल नगरपालिका र महाभारत गाउँपालिकामा लकडाउन हुने भएको हो ।
रातोपाटीसंग कुरा गर्दै महाभारत गाउँपालिका प्रमुख कान्छा लाल जिम्वाले भने ‘हामीले साँझ ६ बजेदेखि नै सबै सीमा बन्द गर्ने तयारी गरेका छौं ।’
काभ्रेको डाडाँपारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका ८ वडा रहेका छन् । ‘गाउँपालिका प्रवेश गर्नेहरुपनि स्वास्थ्य चेकजाँच गरेरमात्र जान पाउनेछन्,’ प्रमुख लामाले भने ।
गाउँपालिकाको कूल क्षेत्रफल १८६ वर्ग कि.मि. रहेको छ । यसको कूल जनसंख्या १८,२८३ रहेको छ । गोकुले, फोक्सिङटार, बुढाखानी, बनखुचौर र घर्तिछाप गाविस मिलेर बनेको यस गाउँपालिका बनेको हो ।
यसको उत्तरी सिमानामा रोशी गाउँपालिका पहाडले घेरिएको छ भने पूर्वमा सिन्धुली जिल्ला, दक्षिणपूर्वमा सिन्धुली जिल्ला, पश्चिममा खानीखोला गाउँपालिका पर्दछ ।
त्यसैगरि बनेपा नगरपालिकाले समेत आज राती १२ बजेबाट आफ्नो सिमाक्षेत्रमा लकडाउन गर्ने सम्पूर्ण तयारी भईसकेको प्रमखु लक्ष्मी नरसिंह बादे श्रेष्ठ जानकारी दिएका छन् ।
उनले भने ‘मुख्य अरनिको राजमार्ग बन्द गर्ने अधिकार हामीलाई छैन्, भित्री सडक र पसलहरु पूर्ण रुपले बन्द गर्न भनेका छौं ।’
त्यसको तयारी स्वरुप उद्योग बाणिज्य संघ, रेडक्रस, राजनीतिक दलका प्रतिनिधी सहितको बैठक बसेर निर्णय गरिएको नगरप्रमुख श्रेष्ठ बताए । बनेपा नगरको पूर्वमा धुलिखेल, उत्तरमा मण्डनेदउपुर, भक्तपुरको चाँगुनारायण, पश्चिममा भक्तपुरको सूर्यविनायक र दक्षिणमा पनौती नगरपालिका पर्दछ । यसनगरपालकामा १४ वटा वडाहरु रहेका छन् ।
धुलिखेल नगरपालिकाले पनि आज राति १२ बजेबाट आफ्नो सीमाक्षेत्रमा लकडाउन गर्ने नगर प्रमुख अशोक ब्यान्जुले रातोपाटीसँगको टेलिफोन कुराकानीमा बताएका छन् ।
सरकारले घरभित्रनै बस्नु भनेर आग्रह गर्दा गर्दैपनि पालना नभएपछि संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न बाध्य भएर अन्य सरकारी निकायसंगको सहकार्यका लकडाउन गर्न लागिएको नगरप्रमुख ब्यान्जुले बताए । यस नगरपालिकामा १२ वटा वडा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)