बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा यातायात प्रालिले बन्द ग-यो सबै सेवा

सोमबार, १० चैत २०७६, १८ : ०५
सोमबार, १० चैत २०७६

पोखरा । पोखरा यातायात प्रालि.द्वारा सञ्चालित सबै यातायात सेवा बन्द हुने भएको छ । प्रालिले सोमबार सूचना निकालेर भोलिदेखि लागू हुने गरि सबै सार्वजनिक यातायात बन्द हुने बताएको छ । 

प्रालिका प्रवन्ध निर्देशक अमृत शर्मा तिमिल्सिनाले विश्वभर महामारीको रुपमा फैलिई रहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै आफ्नो सेवा बन्द गरिएको जानकारी दिए ।

पोखरा यातायात प्रा.लि.ले सूचना गरि सकेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले पनि अत्यावश्यक बाहेकका सावरी चल्न रोक लगाउँने सूचना प्राप्त भएको छ ।

गण्डकी प्रदेश सरकारले पनि सीमा जोडिएका सबै नाकाबाट प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक बाहेकका सवारी चल्न नदिने गण्डकी सरकारको निर्णय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप