यूएईमा भिसा सकिएर समस्यामा पर्नुभएको छ ? दूतावासमा सम्पर्क गर्नुहोस्
युएई। यूएईमा हुनुहुन्छ र भिसा सकिएर वा नेपाल फर्किन नपाएर समस्यामा पर्नु भएको छ भने नआत्तिनुहोस् । बरु सिधै नेपाली दूतावास आबुधाबीमा सम्पर्क गर्नुहोस् ।
यूएई सरकारले कोरोनाको कारण उत्पन्न परिस्थितिले कुनै पनि देशका नागरिकलाई समस्या पर्न नदिने र परेकालाई सम्बन्धित देशको दूतावासमार्फत समस्याको सम्बोधन गर्ने बताएलगत्तै नेपाली दूतावासले पनि यसमा तदारुकता देखाएको हाे।
कोरोनाका कारण उत्पन्न कुनै पनि परिस्थितीले समस्यामा परेको भए यहाँको स्थानीय निकायसँगै दूतावासको सम्पर्क नम्बर, दूतावासको फेसबूक पेज, वा जुनसुकै माध्यममार्फत पनि सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।
दूतावासले त्यसरी समस्यामा परेका नेपाली नागरिकसँग विभिन्न माध्यममार्फत सम्पर्क गर्ने, उनीहरुको तथ्यांक राख्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने गरी श्रम काउन्सिलर निर्मला थापालाई जिम्मेवारी दिएको छ।
समस्यामा परेका नेपालीको संख्या दैनिक बढेकोप्रति दूतावासले आइतबार यूएईको परराष्ट्र मन्त्रालयमार्फत कुटनैतिक पत्राचार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं