कुङ्फु खेलाडी रुपेशलाई घर हस्तान्तरण
काठमाडौं । कुङ्फुका राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङफुका पूर्व खेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा रहेका सुकमान लामाको सक्रियतामा रुपेशलाई दुई कोठाको घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका रुपेशलाई तीनजना जर्मनी नागरिक कोरिन्ना भास, डेनियल हान्के, र मिचि मुन्वर्गको सहयोगमा सुकमानले घर निर्माण गरी दिएका हुन् ।
घर निर्माण गर्न ६ लाख रुपियाँ लागेको छ । भास र डेनियल आरोहणका लागि समयसमयमा नेपाल आउने गर्छन् । मुख्य सहयोगकर्ता मुन्वर्ग नेपालस्थित ट्राभल फर सोल र होप फर नेपाल नामक सामाजिक संस्थामा आबद्ध छन् । सुकमानले रुपेशको निम्न आर्थिक स्थिति बारे जानकारी गराएपछि मुन्वर्गले घर बनाइदिने चासो देखाएका थिए । मुन्वर्गकै अनुरोधमा भास र डेनियल पनि रुपेशलाई सहयोग गर्न अगाडि बढेका हुन् । १८ वर्षीय रुपेश उदयीमान कुङ्फु खेलाडी हुन् । एघार वर्षको उमेरमै रुपेश कुङफुमा होमिएका थिए ।
गत फागुन अन्तिम साता बूढानीलकण्ठमा भएको प्रथम राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगितामा रुपेशले आफ्नो स्पर्धामा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडीको ट्रफी चुमेका थिए । फुटबलमा पनि रुची राख्ने रुपेश आफ्नो टोलीका गोलरक्षक हुन् । यद्यपि आर्थिक स्थिति कमजोर हुँदा प्रतिभाशाली रुपेशलाई खेलकुदबाट टाढा पुर्याउन सक्थ्यो । सोही डरले सुकमानले रुपेशलाई सहयोग गर्ने पहल गरेका हुन् । सुकमानले रुपेशका लागि घर मात्र बनाइ दिएनन् । विगत ७–८ वर्षदेखि उनको परिवारलाई रासनपानीको पनि व्यवस्था गर्दै आएका छन् । रुपेश हाल बूढानीलकण्ठ माविमा कक्षा १० मा अध्ययनरत छन् । उनी एसइइ परीक्षा दिने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
नेपालमा प्रत्येक दिन १० वटा भूकम्प