बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुनसान बसपार्क र विमानस्थल (फोटोफिचर)

सोमबार, १० चैत २०७६, १५ : २२
सोमबार, १० चैत २०७६

काठमाडौं । दिनहुँ भिडभाड रहने राजधानीको गोंगबुस्थित नयाँ बसपार्क सोमबार सुनसान छ । 

कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले सोमबारदेखि नै लागू हुनेगरी लामो दूरीको यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाएसँगै बसपार्क पनि सुनसान बनेको हो । यस्तै अहिले सर्वसाधारणलाई घरबाहिर समेत ननिस्कन आग्रह भएअनुसार सर्वसाधारण सडकमा पनि छिटफुट मात्रै देखिन्छन् । 

बसपार्कलगायतका क्षेत्रमा घर जानका लागि हजौंरौं यात्रु पुगेपछि वितेको केहीदिन भने थप भिडभाड देखिन्थ्यो । 

उता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा पनि चहलपहल देखिँदैन । सरकारले विदेशबाट आउने अन्तराष्ट्रिय उडानमा रोक लगाएको छ भने नेपालबाट आज ४ वटा फ्लाइट हुँदैछ । आन्तरिकतर्फ भने निर्वाध रुपमा जहाज चलिरहेका छन् । 

नेपालमा कोरोना भाइरस दुई जनामा देखिइसकेको छ।  एक जना चीनबाट आएका नेपाली र अर्का एक जना फ्रान्सबाट आएका नेपालीमा संक्रमण देखिइसकेको छ । चीनबाट आएका नेपाली अहिले निको भइसकेपनि फ्रान्सबाट नेपाल आएका नेपालीको भने उपचार भइरहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप