बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खेलकुदका सबै संरचना क्वारेन्टाईन बनाउन सकिने

सोमबार, १० चैत २०७६, १४ : ५२
सोमबार, १० चैत २०७६

काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाईरसविरुद्ध लड्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आफ्नो मातहतमा रहेका सम्पूर्ण भौतिक संरचनाहरुलाई क्वारेन्टाईन रुपमा प्रयोग गर्न दिने जनाएको छ । राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आवश्यक परेका त्रिपुरेश्वरस्थित दशरथ रंगशालासहित सम्पूर्ण पूर्वाधारलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न सकिने उल्लेख गरेका छन् ।

राखेपले दशरथ रंगशालासहित ललितपुर सातदोबाटो खेलकुद परिसर, मुलपानी क्रिकेट मैदान, कीर्तिपुरस्थित टियु मैदान, च्यासल स्टेडियक, सानो गौचरनको मैदान र सातवटै प्रदेशका संरचनालाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप