शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘बल्ल मगर हुँ जस्तो लाग्न थालेको छ’

सोमबार, १० चैत २०७६, ११ : ५९
सोमबार, १० चैत २०७६

पोखरा । पोखरा–१४ चाउथेका कृष्ण पुनमगरलाई एक महिना अघिसम्म मगर भाषा केही पनि आउँदैन थियो । एक महिने भाषा प्रशिक्षण लिएका पुन अहिले हालचाल सोध्न, मगर भाषा मै सामान्य कुराकानी गर्न सक्ने भएका छन् । नेपाल मगर संघ कास्की अन्तर्गतको नमुना इकाई समिति पोखरा–१४ चाउथेले आयोजना गरेको एक महिने मगर भाषा प्रशिक्षण कार्यक्रमले उनलाई यत्तिको सक्षम बनाएको हो । 

आइतबार, भाषा प्रशिक्षण कार्यक्रमको अन्तिम दिन । प्रशिक्षणमा सहभागीले पालैपालो अनुभूव अनुभव बाँड्दै थिए । ‘तपाईंको थर के हो भनेर सोध्दा, मगर हुँ भन्न पनि सरम लाग्थ्यो,’ उनी अघि थप्छन्, ‘बल्ल मगर हुँ जस्तो लाग्न थालेको छ ।’ मगर भाषामै नाम, थर बताउन पाउदा खुसी लागेको उनले बताए । 

प्रशिक्षणमा सहभागी टीकाकुमारी थापाको पनि उही चाल थियो । भाषा बुझे पनि राम्रोसँग वार्तालाप गर्न भने सक्दिन थिइन् । अहिले भाषा प्रशिक्षणले राम्रो काम गरेको जस्तो लागेको छ रे, उनलाई । ‘ एक महिनाको तालिमकले केही उपलब्धि हासिल भए जस्तो लागेको छ,’ उनले भनिन्, ‘सर, मिसले पनि सरल गरि सिकाउनु भयो ।’ नयाँ पुस्तालाई पनि भाषा सिकाउनु पर्ने उनको राय थियो ।

भाषा सिक्नु अघि चमेली बुढामगरलाई मगर भाषामा राम्रै कुरा गरें पनि गाली गरेको जस्तो लाग्थ्यो । मगर भाषा बोलेको हो कि अरु नै । उनले पत्तै पाउदिन थिइन् । ‘अहिले मगर भाषामै सामान्य बोली÷चाली गर्न सक्ने भएँ । अब बजारमा यहीँ भाषा बोल्न सक्छुँ । यो भन्दा अघि कहिले मगर भाषा कस्तो हुन्छ थाहै थिएन,’ उनले भनिन् ।

एक महिने भाषा प्रशिक्षण कार्यक्रममा २५ जनाको सहभागीता रहेको थियो । सञ्चारकर्मी रुद्र श्रीस र बिना थापा मगरले भाषा प्रशिक्षण गरेका थिए । सहभागीहरुल आफ्नो भाषा एकदमै सिक्ने रहर भएको मगर समाजले सिक्ने मौका दिएकोमा आभार प्रकट गरेका थिए ।

प्रशिक्षकको तर्फबाट बोल्दै बिना थापामगरले भाषा आफ्नो पहिचान भएको बताउँदै अरुलाई उदाहरण हुने गरि अघि बढ्नु पर्ने बताइन् । 

यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्त्याइएकी नेपाल मगर संघ जिल्ला समन्वय समितिकी अध्यक्ष संगीता पून मगरले नमुना मगर समाजले नौलो प्रयोगको सुरुआत गरेको भन्दै आभार प्रकट गरिन् । अरु इकाईले पनि नमुना इकाई समितिबाट पाठ सिक्नु पर्ने उनले सुनाइन् । 

नमुना इकाई समितिका अध्यक्ष ओम श्रीसमगरले आफू पनि मगर भाषाबारे अनभिज्ञ रहेको र प्रशिक्षणबाट धेरै कुरा जान्ने मौका पाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप