बढी मूल्यमा बसको टिकट विक्री गर्ने २० जना पक्राउ
काठमाडौँ । सार्वजनिक बसको टिकट बढी मूल्यमा बेचेको अभियोगमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यात्रुको चाप बढेको मौका पारेर तोकिएभन्दा बढी मूल्यमा बसको टिकट विक्री गरेको भनि ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा आएको गुनासोका आधारमा सहज र सुरक्षित यात्राका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रु बनेर स्टिङ अपरेशन चलाएको थियो । सोही क्रममा आइतबार २० जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार रुपेश कार्की, देवेन्द्र कार्की, सन्तोष श्रेष्ठ, गोविन्द बुढाथोकी, कमल गुरुङ, लालबहादुर भुजेल, रोशन राणा कुँवर, कर्ण थिङ, आकाश लामा, शुक्र लामा, तिलक लामा, गौतम तामाङ पक्राउ परेका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सुदर्शन रसाइली, दिनेश शाह, जयन्द्र कुमार शाही, कृष्ण पराजुली, पारस गौतम, सुरेश क्षेत्री, संजय उप्रेती, मानसिंह रुम्बा पनि पक्राउ परेका छन् ।
उनीहलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चावहिल र गौशालाबाट नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी