बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसः बिहारमा पहिलो मृत्युबारे उठेका प्रश्न

सोमबार, १० चैत २०७६, ०९ : १७
सोमबार, १० चैत २०७६

बिहारमा आइतबार बिहानसम्म आधिकारिक रुपमा कोरोना भाइरसको संक्रमणका एकजना पनि बिरामी थिएनन् ।

यो कुरामा एकातिर यहाँको परीक्षण प्रक्रियामाथि प्रश्न उठिरहेको थियो भने अर्कोतर्फ बिहार अहिलेसम्म कोरोना भाइरसबाट कसरी बच्न सक्यो भनेर चर्चा भइरहेको थियो । तर दिउँसो अचानक भारतमा कोरोनाका कारण भएको छैटौं मृत्यु बिहारको राजधानी पटनाबाट थियो भन्ने खबर निकै चर्चामा रह्यो ।

जुन व्यक्तिको मृत्यु भएको छ, उनी १३ मार्चमा कतारबाट फर्किएका थिए । २० मार्चमा उनलाई संदिग्धको रुपमा पटनाको एम्समा भर्ना गरिएको थियो जहाँ उनको मृत्यु भयो र शव आफन्तलाई सुम्पिइयो ।

पटना एम्सका प्रबन्ध निर्देशक प्रभात कुमारले बीबीसीसँगको कुराकानीमा भने, ‘बिरामीमा कोरोनाको लक्षण पाइएको थियो त्यसकारण उनलाई आइसोलेशनमा राखेर उपचार भइरहेको थियो । शनिबार बिहान उनको निधन भयो । हाम्रो परीक्षणमा उनलाई मृगौलासम्बन्धि समस्या भएको पाएका थियौं । तर कोरोनाको अनुसन्धान रिपोर्ट आइतबार बिहान मात्रै आएको हो जसमा त्यो पोजिटिव छ ।’

यद्यपि, समाचार एजेन्सी पीटीआईले केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अधिकारीको हवाला दिँदै लेखेको छ, ‘पटनामा भएको मृत्युमा कोभिड–१९ को पुष्टि अझै हुन बाँक छ । रिपोर्टका सुक्ष्म अनुसन्धान चलिरहेको छ ।’

शवको विषयमा प्रश्नः

कोरोनाका संदिग्ध बिरामी सैफको शवलाई एम्स पटनाको रेकर्ड अनुसार शनिबार दिउँसो नै उनको परिवारलाई सुम्पिइएको थियो । अस्पतालको डेथ रिपोर्टमा मृत्युको कारण मृगौला फेल भएको बताइएको छ ।

तर एम्स अस्पतालले यसो गरेको भन्दै प्रश्न उठ्न थालेको  किनभने शवको विषयमा केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको तर्फबाट गाइडलाइन जारी गरिएको छ, यसमा कुनै पनि गाइडलाइन पालना गरिएको छैन ।

गाइडलाइन्सका अनुसार शवलाई आइसोलेशनबाट हटाएदेखि अन्तिम संस्कारसम्मको सबै प्रक्रिया विशेष सावधानीपूर्वक गर्नुपर्छ । उदाहरणका लागि सबै  प्रक्रिया मास्क, पञ्जा, आँखाका लागि विशेष चश्मा लगाएर मात्रै गर्नुपर्छ । अन्तिम संस्कारका बेलासम्म शवलाई एक विशेष प्रकारको ब्यागमा नै राख्नुपर्छ ।

परिवारलाई अन्तिम पटक देखाउनका लागि ब्यागको थोरै चेन खोलेर अनुहार मात्रै देखाउनुपर्छ ।

गाइडलाइन्सको पालनाः

एम्स, पटनाका निर्देशक प्रभात कुमार गाइलाइन्सको पालना नभएको भन्दै उठिरहेको प्रश्नको जवाफमा भन्छन्, ‘हामीलाई त्यतिबेला बिरामी संक्रमित भए नभएको थाहा थिएन त्यसकारण शव आफन्तलाई बुझाइएको हो । यसमा हाम्रो कुनै गल्ती छैन । यदि रिपोर्ट पहिले नै पाएको भए हामीले पक्कै पनि गाइडलाइनको पालना गर्ने थियौं ।’

मृतक व्यक्तिको गृह जिल्लाका स्थानीय पत्रकार आनन्द कुमार भन्छन्, ‘शनिबार राती ११ बजेभित्र शव घरमा ल्याइएको थियो । त्यतिबेलासम्म उनलाई संक्रमण भए नभएको कसैलाई पनि थाहा थिएन । परिवारले प्याकेट खोलेर शव घरमै राखे । अन्तिम श्रद्धाञ्जलीको प्रक्रिया अबेर रातीसम्म चलिरह्यो ।’

आनन्द थप्छन्, ‘आफन्तले बिहान शव गाड्ने योजना बनाएको थियो तर त्यसअघि नै कोरोनाको परीक्षण सकारात्मक आयो । त्यतिबेलादेखि शहरमा डर र आतङ्कको स्थिती पैदा भएको छ । परिवारले शव छोडेर घर बाहिर आएका छन् । कसैले शवलाई छुनसमेत डराइरहेका छन् । आइतबार दिउँसो तीन बजेसम्म प्रशासनबाट कोही पनि आइपुगेका छैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप