शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरसको संकट : तलब घटाउन बार्साका खेलाडीहरु तयार

सोमबार, १० चैत २०७६, ०८ : ३९
सोमबार, १० चैत २०७६

कोरोनाभाइरसको संकटको दौरान क्लबलाई सहयोग गर्न स्पेनिस क्लब बार्सिलोनका शीर्ष खेलाडीहरुले आफ्नो तलबमा कटौती गर्न तयार भएको गोलडटकमले समाचार प्रकाशित गरेको छ ।

क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले यस विषयमा कप्तान लियोनेल मेस्सी, सर्जियो बुस्केट, सर्जियो रोबर्टो र जेरार्ड पिकेसँग छलफल गरेका थिए । छलफलमा दुवै पक्ष सकारात्मक देखिएको बताइएको छ । यद्यपि, यसबारे औपचारिक पत्रमा हस्ताक्षर भने भइनसकेको बताइएको छ ।

बार्टोमेउले कोरोनभाइरसले निम्ताएको संकटसँग जुध्ने विषयमा युइएफए र अन्य युरोपियन लिगका क्लबहरुसँग पनि छलफल गर्ने भएका छन् ।

हाल फुटबल गतिविधि ठप्प हुँदा क्लबहरुको आम्दानी पनि रोकिएको छ । यसले क्लबहरुलाई संकटग्रस्त बनाएको छ ।

क्लबको महिला टोली र युवा टोलीको भने तलब कटौती हुने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप