केन्द्रीय संस्करण

एन्फा होस्टललाई क्वारेन्टाइन बनाइने

person explore access_timeचैत ९, २०७६ chat_bubble_outline0

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाको महामारीबाट बच्नका लागि सातदोवाटोको खेलाडी बस्ने होस्टल र अन्य भौतिक संरचनालाई क्वारेन्टाइन र आइसोलेसनमा प्रयोग गर्न सकिने बताएको छ । एन्फाले आइबार प्रेश विज्ञप्ती जारी गर्दै कोरोनाको महामारीबाट बच्न आवश्यक परेमा देशभरका फुटबल संरचनालाई  क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।

एन्फाका प्रवक्ता किरण राईले जारी गरेको विज्ञप्तीमा एन्फा अन्तर्गत ललितपुरको सातदोवाटो स्थित एन्फा मुख्यालयको खेलाडी होस्टल, बुटबल र धरान एकेडेमी। रौतहटको महिला एकेडेमी लगायत संरचनालाई क्वारेन्टाइन र आइसोलेसनको रुपमा प्रयोग गर्ने सकिने उल्लेख छ ।

कोरोनाको माहामारीबाट बच्नका लागि अहिले फुटबलका सम्पूर्ण गतिविधि बन्द भएको छ । एन्फाले शहिद स्मारक ‘बी’ डिभिजन लिग समेत हालै स्थगित गरेको छ । एन्फाले एक साताका लागि कार्यलय समेत बन्द गरेको छ । कोरोनाको जोखिमतालाई ध्यानमा राखी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यसअघिनै खेलकुदका सम्पूर्ण गतिविधि वन्द गर्न सम्बन्धित खेल संघ संस्थालाई निर्देशन पनि दिएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...