शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाविरुद्ध तम्तयार रहन जिल्ला प्रशासन कास्कीको निर्देशन

आइतबार, ०९ चैत २०७६, १८ : ३८
आइतबार, ०९ चैत २०७६

पोखरा । जिल्ला प्रशासन कास्कीले नोवेल कोरोना भाइरसको विरुद्ध तम्तयार रहन निर्देशन दिएको छ । आइतबार, सूचना जारी गर्दै जिल्ला प्रशासन कास्कीले यस्तो निर्देशन दिएको हो ।

सूचनामा भनिएको छ, कोभिड–१९ कोरोना भाइरसको सम्भावित संक्रमणको प्रभावकारी रोकथाम र नियन्त्रणको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा गरेको सम्बोधनबाट निर्देशित विषयहरुको प्रभावकारी कार्यान्वयन गर्न समन्वय र सहजीकरणको लागि निर्देशन गरेको छ ।

सूचनामा अत्यावश्यक सेवामा कार्यरत नीजि तथा सरकारी क्षेत्रका कर्मचारीलाई निर्देशन दिइएको छ । सार्वजनिक, सामुदायिक तथा नीजि क्षेत्रका अत्यावश्यक बाहेकका सेवा ९ गतेदेखि आउँदो चैत २१ गतेसम्मको लागि बन्द गर्न निर्देशन दिइएको छ । 
जिल्लामा शान्ति, सुरक्षा, विपद व्यवस्थापन, कोभिड–१९ को संक्रमण र अत्यावश्यक सेवाबारे जानकारी लिन आवश्यक परे प्रमुख जिल्ला अधिकारी र सहायक जिल्ला अधिकारीलाई सम्पर्क गर्न भनिएको छ ।
 
सम्पर्कका लागि प्रमुख जिल्ला अधिकारीको नम्बर ९८५६००७७७७ र सहायक जिल्ला अधिकारीको ९८५६०२४५०१/९८५६०३७५०१ उपलब्ध गराइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप