शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रास : असन–इन्द्रचोकदेखि सडकसम्म यस्तो देखियो (फोटोफिचर)

आइतबार, ०९ चैत २०७६, १७ : ५५
आइतबार, ०९ चैत २०७६

काठमाडौं । सरकारले आइतबारदेखि लागू हुनेगरी अत्यावश्यकबाहेकका सेवा बन्द गरेपछि राजधानीमा सवारीसाधनको चाप कम हुनुका साथै सर्वसाधारणको आवतजावत पनि पातलो देखिएको छ । 

यस्तै बजार पनि छिटफुटरुपमा खुलेका छन् । विशेषगरी साँघुरो गल्लीभित्रको बजार र मानिसहरुको भिडभाड रहने असन इन्द्रचोकलगायतका क्षेत्रमा पनि साविकको भन्दा कम भिडभाड देखिएको छ भने अधिकांश पसलहरु बन्द रहेका छन् । 

कतिपयपयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण व्यवसाय बन्द गरिएका सूचना टाँसेका छन् । 

यस्तै सवारीसाधन पातलो चल्दा यात्रुहरुलाई गन्तव्यमा पुग्न समस्या देखिएको छ । कतिपय गन्तव्यसम्म पुग्नका लागि बस स्टपमा सार्वजनिक यातायातको प्रतिक्षामा रहेका देखिन्थे । 

अधिकांश सर्वसाधारण कोरोना संक्रमणको जोखिमबाट बच्न मास्क लगाएर हिँडडूल गरेको दृश्य देखिन्छ ।

सरकारले आइतबारदेखि आगामी चैत २१ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप