अमेरिकामा नेपाली व्यवसायीद्वारा होटलमा लगानी
अमेरिका । नेपाली समूदायले अमेरिकामा स्टोर, ब्यूटी सैलुनदेखि होटललगायतमा लगानी गर्ने क्रम बढिरहेको छ ।
यसै क्रममा टेक्ससमा नेपाली व्यवसायीले होटलमा लगानी गरेका छन् ।
टेक्सासस्थित कर्नेश सिटीमा लाकुन्ता इन एण्ड सुइट्स होटल सञ्चालनमा आएको हो । ६९ कोठाको उक्त होटल तेल उत्पादन गर्ने मुख्य क्षेत्रमा रहेको छ ।
लगानी विस्तार गर्ने क्रममा आफूहरुले कर्नी सिटीको यो होटलमा लगानी गरेको व्यवसायी विकल ढकालले बताए ।
सो होटलमा अर्का व्यवसायी विकासराज न्यौपाने समेत साझेदारी रहेको छ ।
ढकालले यसअघि टेक्सस डलासमा स्टोर लगायतमा लगानी गर्दै आएका थिए ।
‘यो हाम्रो नयाँ सुरुवात हो । आगामी निमा पनि लगानी गर्ने क्रम जारी रहन्छ’ विकलले भने, ‘हामी अझै नयाँ होटल लगायत व्यवसाय थप्ने क्रममा छौं ।’
उक्त होटलमा करिव ७० लाख अमेरिकी डलर लगानी भएको व्यवसायी विकासराज न्यौपानेले बताए ।
कोरोना भाइरस लगायतले व्यवसायमा अहिले केही सुस्तता देखिएपनि यो लगानी गर्ने उपयुक्त समय पनि भएको विकलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा