अब सबै अटो सोरुम र मर्मत केन्द्रहरु पनि बन्द
काठमाडौं । अटोमोबाइल सम्बद्ध अटो सोरुम र सवारी साधन मर्मत केन्द्र(वर्कसपहरु)पनि बन्द हुने भएका छन् । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसियसन अफ नेपाल र नेपाल अटो मेकानिक्स व्यवसायी संघले विज्ञप्ति जारी गर्दौ सो बारे जानकारी गराएको हो ।
नाडाले शनिबार एक विज्ञप्ति जारी गर्दै ग्राहक वा सेवाग्राहीहरुलाई आफ्नै घरमा बसेर पनि आवश्यक सेवा पु¥याउन सक्ने भएकाले घरमै बसी सतर्कताका साथ आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न अनुरोध गरेको छ । ‘विषम परिस्थितिमा सबैले आ–आफ्नो क्षेत्रबाट सेल्फ क्वारेन्टाइनमा बसेर सरकारलाई सहयोग गरौं भनेर हामीले व्यवसायी साथीहरुलाई केहि समयका लागि घरमै बसेर व्यवसाय सञ्चालन गर्न अनुरोध गरेका छौं,’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भने ।
यता, कोरोनाको संभावित दुर्घटनालाई मध्यनजर गर्दौ संयमितता अपनाउँदै कम्तिमा एक हप्ता अटो वर्कसपहरु बन्द गर्न लागिएको अटो मेकानिक्स व्यवसायी संघले बताएको छ । आइतबार विज्ञप्ति जारी गर्दै संघले चैत १० गतेदेखि १७ गतेसम्म ७ दिनका लागि अटो व्यवसायीहरुलाई आफ्नो वर्कसपलाई पूर्ण रुपमा बन्द गर्न आग्रह गरेको हो ।
कोरोनाको सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै अत्यावश्यक एम्बुलेन्स, अस्पताल र सुरक्षा निकायका सवारी साधन बाहेकका साधनहरुको काम नगर्न र सो अवस्था रहेपनि मेकानिक्सहरुलाई अनिवार्य मास्क, पन्जाको प्रयोग गर्न र साबुन पानीले हात धुन आग्रह गरेको संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले बताए ।
‘अटो मेकानिक्स तथा वर्कसप क्षेत्र सामान्य लेखपठ तथा शैक्षिक स्तर कम भएकाहरुको बाहुल्यता छ । यस्तो अवस्थामा सुरक्षा संवेदनशिलता कम हुन्छ । सोही अवस्थालाई मध्यनजर गर्दै हामीले कम्तिमा एक हप्ता व्यवसाय बन्द गर्न आग्रह गरेका हौं ।’ अध्यक्ष न्यौपानेले भने । तर पूर्णरुपमा सेवा बन्द नगरेर अत्यावश्यक सवारी साधनको मर्मत भने, पर्सनल कन्ट्रयाकका आधारमा गर्न सकिने उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु