शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्यटन क्षेत्रको समस्या समाधान गर्न सरकार क्रियाशिल छ : सञ्चारमन्त्री

बुधबार, १४ भदौ २०७४, १६ : ४४
बुधबार, १४ भदौ २०७४

काठमाडौं–सूचना तथा सञ्चारमन्त्री  मोहन बहादुर बस्नेतले पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार क्रियाशिल रहेको बताएका छन्  । देशको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान सरकार क्रियाशिल रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले  पर्यटनसँगै   कृषि, पर्यटन र ऊर्जा क्षेत्र देशको आर्थिक समृद्धिको  मेरुदण्ड रहेको उल्लेख गरे । 
बुधबार राष्ट्रिय पत्रकार संगठन (नाटोज) को चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘पर्यटनका साथै  कृषि र उर्जा तथा हाइड्रोपावर राज्यको आर्थिक उन्नतिको मेरुदण्ड हो । राज्यको  प्रमुख मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार तयार छ ।’

विश्वमा नेपालबारे अफबाहसमेत फैलिएको उल्लेख गर्दै मन्त्री बस्नेतले सञ्चार मन्त्रालयले विश्वका विभिन्न स्थानमा पर्यटन दूतहरु नियुक्त गरेर  सकारात्मक सन्देश  प्रवाह गर्न लागिपरेको बताए । 
जोखिमयुक्त पर्यटन क्षेत्रहरुमा सञ्चारको पहुँच नभएको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस क्षेत्रहरुमा सञ्चारको पहुँच पुर्याउन सरकार क्रियाशिल रहेको समेत उल्लेख गरे । ‘जोखिमयुक्त क्षेत्रमा सञ्चारको पहुँच नहुँदा  पर्यटकहरुले सास्ती भोग्नु परेको छ । कतिपय अवस्थामा  दुर्घटना हुँदा सञ्चारकै अभावले  क्षति व्यहोर्नु परेको अवस्था छ । ‘यसतर्फ सरकार सचेत छ’, बस्नेतले थपे, ‘टेलिकम क्षेत्रमा रहेका समस्या समाधानका लागि केहि दिनमै बृहद् गोष्टी हुँदैछ । क्षेत्रमा रहेका समस्याबारे जानकारी गराउनुस्, म समाधान गर्न तयार छु ।’
मुलुकको अर्थ व्यवस्था बलियो बनाउने हो भने पर्यटन क्षेत्रलाई नै राज्यले महत्व दिनुपर्ने  मन्त्री बस्नेतको भनाई थियो । 
उनले सरकारी कार्यालयहरुमा कामकारबाही ढिलो हुने गरेको गुनासो प्राप्त हुने गरेको भन्दै त्यस्तो गर्ने कर्मचारीलाई कारबाही गरिने चेतावनी दिए ।  प्रक्रियाबाट आएका काम २४ घण्टा पनि नभए आफूलाई जानकारी गराउन आग्रह समेत मन्त्री बस्नेतले गरे । 
सो अवसरमा नाटोजका अध्यक्ष शिव अधिकारीले पर्यटन र सूचनालाई सँगसँगै अघि बढाइनु पर्ने भन्दै अहिले पनि पर्यटन क्षेत्रमा विभिन्न खालका समस्या रहेको बताए । अधिकारीले पर्यटन क्षेत्रमा रहेका समस्या निराकरणको लागि सरकारको ध्यानाकर्षण समेत गराए ।  कार्यक्रममा अधिकारीले नाटोजको विराटनगर र चितवन  च्याम्टरको घोषणा समेत गरेका थिए । 


सो अवसरमा वरिष्ठ पत्रकार कृष्ण ताम्राकार र रातोपाटीकर्मी राजकुमार सिग्देललाई नाटोज पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । १० हजार राशिको उक्त पुस्कार सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले हस्तान्तरण गरेका थिए । 

सो अवसरमा पर्यटन क्षेत्रका व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । 

त्यस्तै पर्यटन व्यवसायीहरु मोहन लम्साल, अनिल लामा, ऋषिराम पनेरु, गिता गुरुङ, दिपेन्द्र अधिकारी, दावा छिरि शेर्पा, पुष्प बास्कोटा र भीम प्रसाद सापकोटालाईसमेत सम्मान गरिएको थियो । 
कार्यक्रममा पर्यटन विभागका निर्देशक लक्ष्मण शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टानका अध्यक्ष चन्द्र रिजाल, एनएमएका अध्यक्ष सन्तबीर लामालगायतको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप