शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कालोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुन्छ: मन्त्री भट्ट

आइतबार, ०९ चैत २०७६, १३ : ५२
आइतबार, ०९ चैत २०७६

काठमाडौं । बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुने भएको छ । कोरोना भाइरस (कोभिड—१९) सन्त्रास फैलिएसँगै देशभरी कालोबजारी बढेको गुनासो बढेका बेला सरकारले तीन लाख जरिवाना सहित ५ वर्ष जेल सजाय हुने बताएको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी र मुनाफाखोरी गरी अभाव सिर्जना गरेको फेला परेमा यस्तो सजायको व्यवस्था गरिएको बताए । उनले भने, ‘बजारमा अभाव सिर्जना गर्नेलाई ५ वर्षको कैद सजाय हुन्छ । कुनै सम्झौता हुन सक्दैन् । बदमासी गरेको देख्नुभयो भने तपाईले खबर गर्नुहोस् । त्यसलाई हामी तत्काल कारावही गर्छौँ । कारावही गर्नेमा कुनै शंका नगर्नुहोस् ।’

आइतबार राजधानीमा आयोजित साक्षत्कारमा मन्त्री भट्टले कोरोना बिरुद्ध लड्नुपर्ने बेलामा सबैले गम्भिरताका साथ लिएर एकजुट हुनुपर्ने बताए । सीमानाकाबाट नेपाल आउन नदिनेगरी नाका बन्द गर्ने विषयमा भारतसँग कुटनीतिक रुपमा सरकारले कुरा गरिरहेको बताएका छन् । देशमा अघोषित संकटकालको अवस्थामा भोलीको दिनलाई मध्यनजर गर्दै सरकारले पूर्व तयारका सबै कामहरु गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप