शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भीम रावलले भने: सुदूरपश्चिममा स्वास्थ्यकर्मी र औषधी तुरून्त पठाइयोस्

आइतबार, ०९ चैत २०७६, १३ : १७
आइतबार, ०९ चैत २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले दक्षिणी सीमामा अनियन्त्रित आवागमन रोक्न सरकारसँग आग्रह गरेको छन् । आइतबार आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘दक्षिणी सीमामा अनियन्त्रित आवागमन रोक्ने, स्वास्थ्य जाँचको प्रबन्ध गर्नेबारे दुई हप्ता अघि प्रतिनिधिसभामा बोलेको थिएँ ।’

शनिबार भारतबाट सुदूरपश्चिम प्रदेशको गड्डाचौकी हुँदै ठूलो संख्यामा मानिसहरु भित्रिएका थिए । सोही कुरालाई इङ्गित गर्दै रावलले अगाडि लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेशको गड्डाचौकी लगायतका भन्सार विन्दुमा समस्या देखिएको छ । स्वास्थ्यकर्मी, कल्निकल मास्क, सुरक्षा पोशाक, स्वास्थ्य जाँच उपकरण, ओखती तुरून्त पठाइयोस् ।’

यद्यपि शनिबार विहान कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको अध्यक्षतामा बसेको सुरक्षा निकाय, स्वास्थ्य कार्यालय र स्थानीय तहका पदाधिकारीको बैठकले कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामका लागि गड्डाचौकी नाका बन्द गर्ने निर्णय गरेको  थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप