शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर कारोबार खुलाएको भन्दै लगानीकर्ताले नेप्से घेरे, नेप्सेले बन्द गर्न मानेन

आइतबार, ०९ चैत २०७६, ११ : ५९
आइतबार, ०९ चैत २०७६

आइतबार सेयर कारोबार खुलाएको भन्दै लगानीकर्ताले नेपाल स्टक एक्सचेन्जसको कार्यालय घेराउ गरेका छन् । 

प्रधानमन्त्रीको निर्देशनले सेयर कारोबार खोल्ने/नखोल्ने स्पष्ट निर्देशन नआएको भन्दै सेयर कारोबार खोलिएको नेपाल स्टक एकसचेन्जले जनाएको छ । 

नेप्सेका (प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले  सरकारले स्पष्ट घोषणा नगरेसम्म बजार बन्द नगर्ने बताएका छन् । 

यता पाँच वटा लगानीकर्ता संघ संस्थाले बजार पूर्ण रुपमा बन्द गर्नुपर्ने माग गरेका छन् । यस विषयमा अहिले नेप्सेमा छलफल भए पनि लगानीकर्ता र नेप्सेबिच कुरा मिलेको छैन ।

 नेप्सेले औपचारिक निर्णय गर्न ढिला हुदा केही कम्पनीको सेयर कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप