शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनी स्टार डिबाला र इटालीका पूर्वकप्तान माल्दिनीमा कोरोनाको संक्रमण

आइतबार, ०९ चैत २०७६, ०७ : २०
आइतबार, ०९ चैत २०७६

इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी स्टार पाब्लो ड्याब्लामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ । २६ वर्षीय डिबाला र उनकी प्रेमिका ओरिआना साबाटीनीमा संक्रमण भेटिएको युभेन्टस क्लबले जनाएकोे छ ।

‘ओरिआना र म दुवै पोजेटिभ टेस्ट भएका छौँ,’ डिबालाले इन्सटाग्राममा लेखेका छन्, ‘भाग्यवस हामी दुवै ठीक अवस्थामा छौँ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Hola a todos, quería comunicarles que acabamos de recibir los resultados del test del Covid-19 y tanto @orianasabatini como yo dimos positivo. Por fortuna nos encontramos en perfecto estado. Gracias por sus mensajes y un saludo a todos 💪🏼💪🏼💪🏼 Ciao a tutti, volevo informarvi che abbiamo appena ricevuto i risultati del test Covid-19 e sia io che Oriana siamo risultati positivi. Fortunatamente siamo in perfette condizioni. Grazie per i vostri messaggi. Un saluto a tutti! 💪🏼💪🏼💪🏼 Hi everyone, I just wanted to inform you that we have received the results for the Covid-19 test and both Oriana and I have tested positive. Luckily we are in perfect conditions. Thanks for your messages. 💪🏼💪🏼💪🏼

A post shared by Paulo Dybala (@paulodybala) on

ओरियाना अर्जेन्टिनी गायिका, नायिका र मोडल हुन् । क्लबका अनुसार दुबैजना सेल्फ आइसोलेसनमा छन्  । कोरोना संक्रमित हुने डिबाला युभेन्टसका तेस्रो खेलाडी हुन् । यसअघि डेनियल रुगानी र ब्लेसे माटुइडीमा संक्रमण देखिएको थियो ।

उता, एसी मिलानका टेक्निकल डाइरेक्टर पाओलो माल्दिनी र उनको छोरा डेनियलमा पनि कोरोनाभाइरसको संmमण देखिएको छ । ५१ वर्षीय पाओलो दुई हप्ताको सेल्फ आइसोलेसनमा थिए भने १८ वर्षीय डेनियल एसी मिलानको पहिलो टोलीसँग प्रशिक्षणमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप