शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विदेश जानेको हवाई टिकटमा करोडौं फस्यो

आइतबार, ०९ चैत २०७६, ०६ : ५६
आइतबार, ०९ चैत २०७६

वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ । 

सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको हो ।

व्यवसायीहरुका अनुसार अन्तिम श्रम स्वीकृति लिएकामध्ये करिब १० हजारले हवाई टिकट खरिद गरेको अनुमान छ । 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले रोजगारीमा जान ठिक्क परेका बेला सरकारले श्रमस्वीकृतिमा रोक लगाएपछि हवाई टिकट लिएका युवा उड्न नपाएको बताए । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप