शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थलमार्ग हुँदै भारतबाट आउने नेपाली बढे

आइतबार, ०९ चैत २०७६, ०६ : ४७
आइतबार, ०९ चैत २०७६

काठमाडौं । कोरोना भाइरसको जोखिम फैलिएसँगै छिमेकी मुलुक भारतमा रहेका नेपालीहरू धमाधम स्वदेश फिर्ता हुन थालेका छन् । रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका नेपाली पछिल्ला केही दिनयता नेपाल फर्कने क्रम बढ्दो छ । सरकारले नेपाल–भारत नाकामा आवतजावत कडाइ गरे पनि शनिवार मात्रै ठूलो सख्यामा नेपालीहरू स्वदेश फर्केपछि तिनको स्वास्थ्य परीक्षण गर्न सीमामा रहेका स्वास्थ्यकर्मीलाई चुनौती बनेको थियो ।  

भारतसँग जोडिएका नाकाहरूमध्ये शनिवार सबैभन्दा बढी विराटनगरको रानी नाकाबाट १८ हजार नेपाल भित्रिए । यस नाकामा स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहारामा भीड व्यवस्थापन गरिएको थियो । 

भारतीय पक्षले समेत चेकजाँच गरेर मात्रै नेपाल पठाइरहेका कारण चेकजाँच सामान्य तवरले भएको रानी नाकामा स्वास्थ्य परीक्षणमा संलग्न संजयकुमार सिंहले बताए । यसअघि शुक्रवार सोही नाकामा १७ हजार ७ सय ५० जना र बिहीवार २४ हजार १ सय १३ जनाको स्वास्थ्य परीक्षण गरिएको सिंहले बताए ।  

कञ्चनपुरको गड्डाचौकीबाट १४ हजार नेपाली स्वदेश फर्किए । कोरोना संक्रमणबाट जोगिन शनिवार बिहानैदेखि गड्डाचौकी नाकामा ठूलो भीड लागेको थियो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार नेपाल प्रहरी र सशस्त्रको सहारामा भीडलाई व्यवस्थापन गरिएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप