शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा ५२ श्ययाको क्वारेन्टाइन, आठ श्ययाको आइसोलेशन कक्ष

शनिबार, ०८ चैत २०७६, २२ : ०३
शनिबार, ०८ चैत २०७६

कोभिड–१९ सङ्क्रमणको आशङ्का भएका व्यक्तिलाई राख्न झापाको भद्रपुर र मेचीनगर नगरपालिकामा  ४५ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । भद्रपुर–८ स्थित कलवलगुढी प्रशिक्षण केन्द्रमा ३२ श्ययाको क्वारेन्टाइन निर्माण भइसकेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए । सो भाइरसको आशङ्का लागेकाको स्वाब परीक्षणका लागि काठमाडौँको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउने र १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जनाइएको छ । 

त्यसैगरी मेचीनगर नगरपालिका–११ धाइजनमा रहेको नवनिर्मित स्वास्थ्य चौकीमा २० श्यया भएको क्वारेन्टाइन निर्माण गरिसकेको छ । दुईतले भवनमा नेपाल रेडक्रस सोसाइटी  शाखाले २० श्यया, कमल र खाना पकाउनका लागि चाहिने भाँडाकँुडाको व्यवस्था गरिदिएको नगरकी उपप्रमुख मीना उप्रेतीले जानकारी दिइन् । “तत्काल कसैलाई कोभिड–१९ को शङ्का लागेमा बस्न सक्ने गरी २० श्ययाको क्वारेन्टाइन निर्माण गरिसक्यौँ,” उनले भनिन् “थप २५ वटा बनाउने तयारीमा छौँ ।” पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नेलाई सोही स्थानमा रहेको सहायता कक्ष ‘हेल्थ डेक्स’मा जाँच गर्दा उच्च ज्वरो आएको भेटिएमा सो क्वारेन्टाइनमा ल्याएर राखिने उनले बताइन् । 

मेची अञ्चल अस्पताल भद्रपुरमा आठ श्यया भएको आइसोलेशन कक्ष तयार गरिएको छ । आइसोलेशन कक्षका लागि चाहिने सम्पूर्ण स्वास्थ्य उपकरणसहित सामान खरिद गरी अस्पताल तयारी अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्बर ठाकुरले जानकारी दिए । 

त्यसैगरी मेचीनगर नगरपालिकाले धुलाबारीस्थित स्वास्थ्य केन्द्रमा आइसोलेशन कक्ष तयारी गरिरहेको छ । अस्पतालको बर्थिङ सेन्टरलाई बन्द गरेर सो कक्षमा आइसोलेशन तयार गर्न लागिएको हाे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप