शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु

शनिबार, ०८ चैत २०७६, २१ : ०१
शनिबार, ०८ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ। बेलायतमा बस्दै आएका  पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो।

संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै राईको मंगलबार मृत्यु भएको हो। 

तीन दिनअघि राईको मृत्यु भए पनि अस्पतालले शनिबार मात्र उनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेकाे हाे । पारिवारिक स्रोत लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा राईको मृत्यु भएको हो । राईको परिवार आइसोलेसनमा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप