बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक जारी

शनिबार, ०८ चैत २०७६, १९ : ०८
शनिबार, ०८ चैत २०७६

कोरोना भाइरस (कोभिड—१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको बैठक सिंहदरबारमा जारी रहेको छ । समिति संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बैठक बसिरहेको हो । बैठकमा कोरोना भाइरसको जोखिम र पूर्व तयारीका विषयमा छलफल भइरहेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा घोषणा गर्नुभएका कुराहरु कार्यान्वयनका सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै आइतबारबाट २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने सोमबारबाट लामो दुरीका यातायातका साधनहरु बन्द हुने र १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने बताउएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप