केन्द्रीय संस्करण

‘फेक न्यूज’ भाइरल भएपछि बोल्यो नर्भिक अस्पताल : कोरोनाको बिरामी फेला परेकै छैनन्

person explore access_timeचैत ८, २०७६ chat_bubble_outline0

काठमाडौ । नर्भिक अस्पतालमा कोरोना भाइरस संक्रमित भेटिएको भन्ने गलत हल्ला फैलिएपछि अस्पतालले यसबारे खण्डन गरेको छ । 

‘शनिवार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएको प्रति आफूहरु आश्चर्य–चकित भएको’ अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । 

नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील समस्यामा सवै निकाय एक जुट भै समस्यासँग लड्नुपर्ने आजको चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरे । 

‘फेक न्यूज’ प्रति खेद प्रकट गर्दै उनले यसखाले अपराधपूर्ण अफवाहको कडा निन्दा समेत गरेका छन् । 

उनले भने, ‘हालसम्म नर्भिकमा कोभिड–१९ का कुनैपनि विरामी पत्ता लागेका छैनन्, यसमा हामी सवै निश्चिन्त र प्रष्ट हुनुपर्छ । तसर्थ, त्यस समाचारमा कुनै पनि सत्यता नभएको हामी प्रष्ट पार्दछौं ।’
अस्पतालले भ्रम फैलाउनेप्रति कडा कारबाहीको माग समेत गरेको छ । 

‘त्यस्ता भ्रामक समाचार फैलाउने कार्य पूर्णतया सामाजिक अपराध हो, निन्दनीय हो र प्रचारक जोसुकै भएपनि ऊ कडा सामाजिक कारवाहीको भागिदार हुनुपर्छ भनी हामी जोडदार माग पनि गर्दछौं ।’, विज्ञप्तिमा भनिएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...