शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या हजार नाघ्यो

शुक्रबार, ०७ चैत २०७६, २३ : ३९
शुक्रबार, ०७ चैत २०७६

मड्रिड । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या स्पेनमा एक हजार नाघेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोनाका कारण देशभरि कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको हो । यद्यपि, अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले भने १ हजार ४३ पुगेको जनाएका छन् । 

स्पेनमा एक दिन अगाडिसम्म कोरोनाका कारण मृत्यु हुनेहरुको सङ्ख्या ७६७ रहेको थियो । स्वास्थ्य अधिकारीहरुले कोरोनाबाट सङ्क्रमितको सङ्ख्या भने झण्डै २० हजार पुग्न लागेको पनि जानकारी दिएका छन् ।

उनीहरुका अनुसार शुक्रबारसम्ममा १९ हजार ९८० जना सङ्क्रमित भएका छन् । यो सङ्ख्यामा एकै दिन दुई हजार ८३३ थपिएको हो । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप