बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रासः सुदूरपश्चिम प्रदेश सरकार र सरोकारवालाबीच छलफल

शुक्रबार, ०७ चैत २०७६, २३ : १२
शुक्रबार, ०७ चैत २०७६

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाको रोकथाम र संक्रमण फैलिए व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गरेको छ । 

मुख्यमन्त्री त्रिलोचन भट्टले आज मुख्यमन्त्रीको कार्यालयमा मन्त्री र सरोकारवालाहरुसँग छलफल गरेका हुन् । 

 विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसवाट वच्न र प्रदेशमा भित्रिए कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत रहेको मुख्यमन्त्रीका स्वकिय सचिव प्रेम बहादुर कुँवरले जानकारी दिए । 

सो वैठकमा कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि भारतसँगका सम्पूर्ण नाका बन्द गर्नु पर्ने, तीनै तहका सरकार, सुरक्षा निकाय र सरोकारवाला एक ढिक्का भएर जुटनु पर्ने सहभागी हरुले सुझाव दिएका छन् ।
त्यसैगरी कसैलाई संक्रमण भइहाले उपचारका लागि छुटै आइसोलेसन वार्ड बनाउने विषयमा पनि छलफल भएको छ । 

बैठकले नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई थप प्रभावकारी वनाउने पनि निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप