मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना फैलिन नदिन प्रभावकारी उपाय अपनाउन जरुरी छ : मुख्यमन्त्री भट्ट

शुक्रबार, ०७ चैत २०७६, २१ : १९
शुक्रबार, ०७ चैत २०७६

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज यहाँ बसेको बैठकले कोरोना भाइरसको रोगथाम र निगरानीका लागि सञ्चालनमा रहेका सहायता कक्ष ‘हेल्थ डेस्क’लाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

कोरोना भाइरस नियन्त्रण तथा निर्देशन समितिका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री भट्टले बैठकमा कोरोनाको जोखिममा सुदूरपश्चिम प्रदेश पनि रहेको अवस्थामा यसको रोकथाम र निगरानीका साथै आपूर्ति व्यवस्थामा कुनै कमी कमजोरी हुन नदिन निर्देशन दिए । 

बैठकमा अनावश्यक भीडभाड हुन नदिन, सङ्क्रमण भित्रिन सक्ने संवेदनशील क्षेत्रमा उच्च सतर्कताका साथ काम गर्न, सङ्क्रमित फेला परेको अवस्थामा रोकथाम तथा निगरानीको व्यवस्थापन प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले राससलाई बताए ।

बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री, सामाजिक विकासमन्त्री, कैलालीका प्रजिअ, धनगढी उपमहानगरपालिकाका प्रमुखलगायत निकायका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप