शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाडा अटो शो : १५ लाखदेखि ४ करोडसम्मका गाडी

बुधबार, १४ भदौ २०७४, १४ : २६
बुधबार, १४ भदौ २०७४

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबारवाट सुरु भएको सवारीको कुम्भ मेला भनेर चिनिने नाडा अटो शोमा दुई पाङ्ग्रे र ४ पाङ्ग्रे सावरीको अवलोकन गर्नेको भीड लागेको छ । धेरैले विभिन्न कम्पनीले नाडा अटो शो लक्षित गरी सार्वजनिक गरेका सावरी साधन धमाधम बुकिङ समेत गराइरहेका छन् ।
 
यस पटकको नाडा अटो शोमा विश्व प्रख्यात विभिन्न मोटर कम्पनीले आफ्ना पछिल्लो उत्पादन नाडा अटो शोमा प्रदर्शन गरिरहेका छन् । नाडामा यस पटक १५ लाख रुपैयाँदेखि करिव ४ करोड रुपैयाँसम्मका गाडी प्रदर्शनमा छन् । यी सवारीको अवलोन गर्ने, जानकारी लिने र वुकिङ गर्ने भीड समेत बाक्लै देखिएको छ । 

फोर्डको मुस्ताङ

किया, हुण्डाइ, रेनाल्ट लगायतका व्राण्डका केही सस्ता गाडी पनि यो अटो शोमा छन् भने फोर्डले प्रदर्शनीकै लागि मात्र ३ करोड ५० लाख भन्दावढीको ‘मुस्ताङ’ ल्याएको छ । फोर्ड मुस्ताङको तेस्रो जेनेरेसनको यो गाडी भारतवाट ल्याएको हो । यद्यपि, यो विक्रिका लागि भने होइन । अमेरिकामा बनेको यो गाडी यो पटकको नाडा अटो शोमा प्रर्दशनमा रहेको गाडी मध्ये सवैभन्दा महंगो हो । 

भि ८ इन्जिन भएको यो गाडी ८ वटा सिलिण्डर छन् । इन्जिन क्षमता ५ हजार सीसी छ भने टच स्क्रिन, लेदर सिट, एयर ब्याग आदी विषेशता भएको छ । 

टाटाको हेक्जा 

यस्तै, महंगा र लग्जरियस कारका रुपमा नाडामा देखिएका अन्य गाडीमा टाटा मोटर्स्को हेक्जा पनि हो । हेक्जामा प्रोजेक्टर हेडल्याप्म, १९ ईन्च एलोय व्ह्ील, एलईडी टेल ल्याम्प र जवीएल अडियोे सिस्टमका १० स्पिकर रहेका छन् । हेक्जा २.२ लिटर डिजल ईन्जिनमा १५० पीएस/३२० एनएम वा १५६ पएिस/४४० एनएम सहित उपलब्ध छ । 

नाडा अटोशोमा टाटाको स्टाईल ब्याक टाटा टिगोर, अवार्ड विजेता कम्प्याट सेडान टाटा जेस्ट, नेपालकै पहिलो मल्टी ड्राइभ ह्याच्– टाटा बोल्ट र प्रिमियम यूवी, टाटा हेक्जाको  अनावरण गरिएको कम्पनीले जनाएको छ । यसको मूल्य ७४ लाख ९५ हजार रुपैयाँ छ । 

हुण्डाइको एक्ससेन्ट 

यस्तै, हुण्डाइको एक्ससेन्ट कारको मूल्य ३१ लाख रुपैयाँबाट सुरु भएर ३३ लाख ५६ हजार रुपैयाँसम्म छ । नाडा अटोमो भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरवहादुर बलायरले सार्वजनिक गरेको यो कार बजार परिवर्तित चाहना र ग्राहकको बढ्दो आकांक्षा अनुसारको रहेको जनाइएको छ । यो पारिवारिक कार पनि हो ।
 
कम्पनीका सहायक महाप्रवन्धक रुपेश शर्माका अनुसार नेपाली बजारमा यो लोकप्रिय हुने बताए । आधुनिक प्रविधियुक्त यो कार नेपाली उपभोक्ताप्रति लोकप्रिय हुने जनाइएको छ । 


इग्निस र डिजायर 

यस्तै, सुजुकी मोटर्सको अधिकृत विक्रेता अरुण इन्टरकन्टिनेन्टलले इग्निस र डिजायर फेसफ्टि दुई गाडी सार्वजनिक गरेको छ । जसमा इग्निसको बजार मूल्य २८ लाख ८९ हजार देखि ३५ लाख १९ हजार रुपैयाँ सम्म छ भने फेसलिफ्टको बजार मूल्य ३० लाख ८९ हजार देखि ३७ लाख ३९ हजार सम्म छ । 

नयाँ स्कोडा सुपर्ब

नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले आफ्नो निकै सफल र रुचाइएको मोडेल सुपर्बको तेस्रो पुस्तालाई नाडा अटो सोमा सार्वजनिक गरेको छ । एमएडब्लुले नाडा अटो सोमबा २००० सीसी भएको स्कोडा सुपर्बको ‘स्टाइल’ भेरियन्टलाई प्रदर्शनीमा राखेको हो । 

निकै स्पेसियस, नविनतम सुरक्षा प्रणाली, आरामदायी फिचर, पावरफुल इन्जिन र ‘सिम्प्ली क्लेभर’ सुविधाले भरिएको सुपर्बले एक पटक फेरि आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ । स्कोडाको नयाँ कार ‘स्पेसियसनेस र प्राक्टिकेबिलिटी’ जस्ता ब्रान्डको मुख्य विशेषताले पूर्ण छ । नयाँ स्कोडा कारमा २.० टिडीआई÷१३२ किलोवाट (१७७ पीएस)को इन्जिन रहेको छ ।

डटसन

यस्तै, डटसनले पनि २२ लाख ६९ हजारमा विभिन्न अफर डिस्काउण्ट सहित डटसन गो नाडामा राखेको छ । होण्डाको बीआरभी पनि मेलामा छ । यस्तै, सुजुकीले इग्निस र डिजायर गरी दुई नयाँ मोडलका कार सार्वजनिक गर्दै कम्पनीका सम्पूर्ण गाडीमा ‘डवल मज्जा’ अफर उपलब्ध गराएको छ । नाडा अटो शो मार्फत कम्पनीले स्टल नम्वर एच १ वाट यो सेवा उपलब्ध गराइरहेको छ । यो योजना सुजुकीका देशभरका शो रुमहरुवाट समेत उपलब्ध हुने छ । 

‘डवल मज्जा’ अफर अन्तर्गत उपभोक्ताले ६ लाख रुपैयाँसम्म नगद छुट, ५० हजार रुपैयाँसम्म सटही वोनस, १ लाख रुपौयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, २ बर्षसम्मकालागि निशुल्क इन्स्योरेन्स सुविधा, रोड ट्याक्स र रजिष्टे«शन निशुल्क उपलब्ध गराउने रहेका छन् । यसवाहेक कम्पनीका २०१६ का सम्पूर्ण मोडलहरुमा बिशेष छुट समेत पाउने कम्पनीले जनाएको छ । 

महिन्द्राको बिग, बिगर, बिगेस्ट अफर
 

दशैं–तिहारको अवसरमा महिन्द्राको नेपालका लागि आधिकाकि विक्रेता अग्नी इन्कर्पोरेट प्रालीले आफ्ना ग्राहककालागि बिग, बिगर, बिगेस्ट अफर ल्याएको छ । ‘ठूलो छ अफर सबैभन्दा, ठूलै पाइन्छ महिन्द्रा किन्दा’ भन्ने नाराका साथ आएको यस अफर अन्तर्गत नेपालभरका जुनसुकै शोरुमबाट महिन्द्राको कुनै पनि गाडी किन्ने बित्तिकै ग्राहकले स्क्रयाच्मा एक तोलासम्म सुन र साथमा महिन्द्रा गस्टो १२५ स्कूटर जित्ने मौका प्राप्त गर्ने जनाइएको छ । 

यसैगरी, ग्राहकले १५ दिने बम्परमा महिन्द्र मोजो ३०० सिसि अफ–रोड बाइक, इको–फ्रेण्डली बम्परमा महिन्द्रा इ २० र प्रिमियम बम्परमा महिन्द्रा एक्युभी ५०० जित्न सक्ने जनाइएको छ । टाटाले स्ट्रोम, बोल्ट, टियागो र जेस्ट प्रदर्शनमा राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप