बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सकेसम्म घरबाटै काम गरौँ : प्रधानमन्त्री

शुक्रबार, ०७ चैत २०७६, १८ : ३४
शुक्रबार, ०७ चैत २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हालसम्म कोरोनाभाइरसको महामारीको प्रभाव नदेखिएपनि जोखिमबाट ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।

शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनभाइरसको संक्रमणको जोखिमका बीच नेपाली जनताले आफ्नो व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी रहेको बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘यसले केही असजता ल्याउन सक्छ । तर, सम्भावित जोखिमलाई परास्त गर्नुको विकल्प छैन ।’

अत्यावश्यक काम बाहेक सकेसम्म घरमै बस्न पनि प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आग्रह गरे । उनले सरकारी र निजी क्षेत्रलाई अत्यावश्यक कामबाहेक विद्युतीय माध्यमबाट गर्न मिल्ने काम घरबाटै काम गर्न पनि आग्रह गरे । संक्रमति मुलुकबाट आएकाहरु क्वारेन्टाइनमा बस्न पनि प्रधानमन्त्रीको आग्रह थियो ।

प्रधानमन्त्री ओलीले जनतालाई सरसफाइमा ध्यान दिन, हात धुन र सेनिटाइजर प्रयोग गर्न आग्रह पनि आग्रह गरेका छन् ।

हल्ला र अफवाहको पछाडि नलाग्न भन्दे प्रम ओलीले धैर्यवान बन्न र आतंकित नहुन पनि अपिल गरे । ‘सबैले जिम्मेवार नागरिकको भूमिका निभाउन प्रम ओलीको आग्रह थियो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप